• ट्रेण्डिङ:

'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक

'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२३, पौष २०७८
  • 2.6K
    SHARES
  • 'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं– सुन्दर युवतीको  सुन्दरता बयान गरि लेखिएको रोमाण्टिक भर्सनको 'एकै नजरमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार बिष्णुबाबु देवकोटाले यस गीतलाई लेखेका हुन्।  

    टिका दाहालले संगीतवद्द गरेको यस गीतमा गायक बिक्की परियारको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा राहुल प्रधानको  संगीत संयोजन रहेको छ। कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा बिकाश लामिछाने र बिना राउत फिचर्ड छन्।  

    बुद्ध थापाले छायाँकन  गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। केशव राज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो। संगीतकार दाहालको आधिकारिक च्यानल 'टिका दाहाल म्युजिक' मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

    भिडियो लिंक:

     https://youtu.be/JwekWGVrY_8

    प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ००:१२:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको