खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सिताराम राई (सञ्जिव ) चयन भएका छन् । दिक्तेलको होटल शुभदिनमा शनिबार सम्पन्न भएको पाँचौं अधिबेसनबाट राई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सह–सचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् ।
सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दिपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवि रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणी रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।
कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य देवान राई, एमाले खोटाङका प्रचार विभाग प्रमुख दिलचक्र राई, कांग्रेस संघीय महाधिबेसन प्रतिनिधि डिल्लीकुमारी आचार्य, जनता समाजवादी पार्टी खोटाङका प्रचार तथा प्रकाशन बिभाग प्रमुख रबिन खम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको थियो ।