प्रेस चौतारीले पत्रकार दिपक पाण्डे र इन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको छ । पत्रकारिता एवं श्रमजिवी पत्रकारको पक्षमा गरेको वकालत र योगदानको कदर गर्दै पत्रकार पाण्डे र आचार्यलाई जिल्ला अधिबेसनको अवसरमा सम्मान गरिएको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज हरिबोल आचार्यले बताए ।
पत्रकार द्धयलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकार पाण्डे प्रेस काउन्सिलका सदस्य तथा आचार्य प्रेसचौतारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।