• ट्रेण्डिङ:

एकैदिन १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२६, पौष २०७८
  • 1.8K
    SHARES
  • एकैदिन १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् ।

    जसमध्ये ७ हजार २४५ जना होम आइसोलेसनमा रहेका छन् भने ६१० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका २६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४९ जना कोरोना संक्रमित थपिएका छन् ।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - २०:२३:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको