शुक्रवार, भाद्र २६ गते २०८३

अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग 

अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग 

रोदिक खबर

२७, पौष २०७८
  • 2.4K
    SHARES
  • अभिभावक गुमाएका परिवारलाई आर्थिक सहयोग 

    खोटाङ । आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आम बुवा, श्रीमती र पाँच छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा ४१ हजार ७३१ रुपैयाँ जुटाइएको हो । 

    कर्णबहादुरको काजक्रिया गर्न तथा बालबच्चाको लालनपालनमा सहयोग पु¥याउने लक्ष्यका साथ १० जना दाताबाट संकलन गरिएको रकम शुक्रबार नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशीले मृतक परिवारलाई हस्तान्तरण गरेका छन् । मुग्राती परिवारको आर्थिक अवस्था नाजुक भएकाले सहयोगी दाताबाट संकलन गरेर आर्थिक सहयोग प्रदान गरिएको अभियान्ता राईले बताए । 

    अभियान्ता राईको पहलमा मुग्राती परिवारलाई सहयोग जुटाइएको यो दोश्रो चरण हो । आवश्यकता अनुसार मुग्राती परिवारको सहयोगमा सहयोग अभियान सञ्चालन गरिने राईले बताए । मुग्राती दम्पत्तीका तीन छोरा र दुई छोरीमध्ये १८ वर्ष पुगेकी जेठी छोरीको विवाह भइसकेको छ । उनका बृद्ध बुवा प्रेसरको समस्याबाट पीडित छन् भने आमा आँखा नदेख्ने अवस्थामा छन् । 

    प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १५:५२:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको