• ट्रेण्डिङ:

खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण 

खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण 

रोदिक खबर

२७, पौष २०७८
  • 3.1K
    SHARES
  • खोटाङमा पुःन देखिन थाले कोरोना संक्रमण 

    खोटाङ । खोटाङमा पुःन कोभिड–१९ को संक्रमण देखिन थालेका छन् । रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा शुक्रबार एक/एक जनालाई संक्रमण पूष्टि भएको हो ।

    ८ जनाको एन्टीजेन परीक्षण गर्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहिबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पूष्टि भएको थियो । जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै पुरुष कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
    कोभिड–१९ को महामारी साम्य भएको केही समयपछि पुःन संक्रमण फैलिन थालेपछि नागरिकमा त्रास सुरु भएको छ । 

    प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - १८:०१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको