• ट्रेण्डिङ:

प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कटवाल

प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कटवाल

रोदिक खबर

३०, पौष २०७८
  • 8.0K
    SHARES
  • प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा कटवाल

    खोटाङ । नेकपा (एकीकृत समाजवादी) निकट प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा गोविन्द कट्वाल चयन भएका छन् । शुक्रबार दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिबेसनबाट कट्वाल प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष चुनिएका हुन् ।

    २७ सदस्यीय प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको उपाध्यक्षमा कुमार ढकाल र सरस्वती घिमिरे, सचिवमा सरोज विश्वकर्मा, उप–सचिवमा कुमार लुइटेल, कोषाध्यक्षमा जीतबहादुर थापा र सह–कोषाध्यक्षमा सुजन तामाङ चयन भएका छन् । 

    नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राईको प्रमुख आतिथ्यता तथा प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य पञ्चकुमार राईको विशेष आतिथ्यतामा प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटि विस्तार गरिएको हो ।

    कार्यक्रममा प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश सचिव देवराज सापकोटा, नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव राजन आचार्य, उप–सचिवद्धय किशोर आचार्य र माइतीराज राई, कोषाध्यक्ष एण्टी शेर्पा लगायतको उपस्थिति थियो । 

    प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - १८:४४:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको