खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई कोभिड-१९ को संक्रमण पूष्टि भएको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनालाई कोरोना संक्रमण पूष्टि भएको हो ।
कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफु बच्न र अरुलाई बचाउन’का लागि आग्रह गरेको छ । कोभिड-१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा केही दिन यता दिनानुदिन कोभिड-१९ को संक्रमण दर वृद्धि हुँदै गएको छ ।