• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

रोदिक खबर

१, माघ २०७८
  • 1.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४ हजार ६३६ जनामा कोरोना संक्रमण भएको हो ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १ हजार ४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।

    अस्पतालमा रहेकामध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २ हजार २१९ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    झापामा ४०, पर्सा र बाँकेमा ३९/३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५/१५, बाग्लुङ र स्याङ्जामा १४/१४, बारा र सिन्धुलीमा १३/१३ ओखलढुंगा र सप्तरीमा ११/११, नवलपरासी पश्चिम र रोल्पामा १०/१० जनमा संक्रमण पुष्टि भएको छ ।

    प्रकाशित मिति :माघ १, २०७८ शनिवार - १७:५५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको