• ट्रेण्डिङ:

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

रोदिक खबर

१, माघ २०७८
  • 2.6K
    SHARES
  • कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

    खोटाङ । कर्मचारीलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

    हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परिक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

    यस्तै, गाउँपालिका अन्तरगतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :माघ १, २०७८ शनिवार - १८:२३:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको