• ट्रेण्डिङ:

कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी ( भिडियो )

कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी ( भिडियो )

रोदिक खबर

३, माघ २०७८
  • 2.5K
    SHARES
  • कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी ( भिडियो )

     काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो।

    रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक अधिकारीको रहेको छ भने गीतमा सुमित विश्वकर्माको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा प्रताप र मुन्नी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

    भिडियोमा गायक आधिकारीको समेत अभिनय रहेको छ। 'ए-सिरिज' नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियोलाई नविन भट्टले निर्देशन गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन भने सम्पादन चानस पुन मगरले गरेका हुन्।

    आभा नेपाल यस भिडियोकि क्रियटिभ डिरेक्टर र निर्मात्री हुन्। गायक अधिकारीले यसअघि 'के माया लाग्छ र', 'राम नाम', 'सम्झनालाई', 'याक्थुङ्मा कान्छी' र 'विनायो भाकैले' जस्ता चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

    भिडियो लिंक:  https://youtu.be/EKQA60PX65A

    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - १०:०६:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको