• ट्रेण्डिङ:

कोरोना संक्रमण पूष्टि भएका संक्रमितको घर सिल

कोरोना संक्रमण पूष्टि भएका संक्रमितको घर सिल

रोदिक खबर

३, माघ २०७८
  • 2.6K
    SHARES
  • कोरोना संक्रमण पूष्टि भएका  संक्रमितको घर सिल

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा कोरोना संक्रमण पूष्टि भएका दुई संक्रमितको घर सिल गरिएको छ । आइतबार गरिएको एन्टीजेन परीक्षणमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका दुई स्थानीयलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि उनीहरुको घर सिल गरिएको हो ।

    संक्रमण पूष्टि भएका संक्रमितलाई होमआइसोलेसनमा राखेर आवत–जावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष शंखबहादुर राईले बताए । जन्तेढुंगा गाउँपालिकामा हाल तीन जना सक्रिय संक्रमित छन् । यस्तै, जन्तेढुंगा गाउँपालिकामा सेवा लिनका लागि सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण भएपछि ३० पुसदेखि ३ माघसम्म स्वास्थ्य बाहेकका सेवा बन्द गरेको गाउँपालिकाले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेको हो । कर्मचारी र सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेर सोमबारदेखि कार्यालयको सेवा सुचारु गराइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - २२:३१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको