• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

रोदिक खबर

१७, भाद्र २०७७
  • 3.7K
    SHARES
  • कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको हो ।

    यी युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमणकै कारण उनकी आमाको भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको बाबु, गर्भवती श्रीमती र छोराछोरी होम आइसोलेसनमा नै रहेका छन् ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १५:२४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको