खोटाङ । कार्यालय प्रमुखलाई कोरोना संक्रमण भएपछि खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पूष्टि भएपछि बुधबारदेखि इलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो । अन्य कर्मचारीहरु होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको इलाका प्रशासन कार्यालयले जनाएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् । खोटेहाङ गाउँपालिकामा बुधबार चार जनालाई कोरोना संक्रमण पूष्टि भएको छ ।