• ट्रेण्डिङ:

त्रिविको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

त्रिविको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

रोदिक खबर

६, माघ २०७८
  • 4.1K
    SHARES
  • त्रिविको बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

     काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

    शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ ।

    त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’ त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ । तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो ।

    प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १६:३६:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको