• ट्रेण्डिङ:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मिश्रलाई ७ दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मिश्रलाई ७ दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन

रोदिक खबर

१७, भाद्र २०७७
  • 4.5K
    SHARES
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मिश्रलाई ७ दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा हाजिर हुन निर्देशन दिएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो।

    अख्तियारले जारी गरेको सूचनामा कमिसन मोलमोलाईका विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ।  ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ। तोकिएको समय सीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए। सो अडियो मिश्रले नै गोप्य रुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ।ciaa_zGbyngHVlu.jpg

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १५:४८:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको