शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

उपत्यकामा शुक्रबार रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर लागू हुने

उपत्यकामा शुक्रबार रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर लागू हुने

रोदिक खबर

६, माघ २०७८
  • 1.4K
    SHARES
  • उपत्यकामा शुक्रबार रातिदेखि  निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर   लागू हुने

    काठमाडौं । काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन् । सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

    प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - २१:०३:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको