• ट्रेण्डिङ:

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलव्ध गराउन स्वास्थ्यकर्मीको माग 

सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलव्ध गराउन स्वास्थ्यकर्मीको माग 

रोदिक खबर

७, माघ २०७८
  • 4.3K
    SHARES
  • सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलव्ध गराउन स्वास्थ्यकर्मीको माग 

    खोटाङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल, खोटाङले सबै किसिमका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरेको छ ।

    शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि), जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै स्वास्थ्यकर्मी संघले सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानहरुमा कार्यरत सबै खालका स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल उपलव्ध गराउन माग गरेको हो ।

    तोकिएको सेवा सुविधा उपलव्ध नगराउने स्वास्थ्य संस्थालाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकार समक्ष आग्रह गरेको छ । 
    राष्ट्रिय स्वास्थ्यकर्मी संघले अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि उचित आइसोलेसनको व्यवस्था गर्न, संक्रमित स्वास्थ्यकर्मीहरुको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न, सम्पूर्ण स्वास्थ्यकर्मी र अग्रस्थानमा खटिने कर्मचारीको यथाशिघ्र बीमाको व्यवस्था गर्न माग गरेको छ ।

     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्य तथा राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङका अध्यक्ष मोहनकुमार राउतले बुझाएको ज्ञापन–पत्रमा नेपाल सरकारले कोभिड विरुद्धको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पुरा नदिएकाले तुरुन्त दिने व्यवस्था गर्न, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था र निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न भनिएको छ । 

    यस्तै, खोप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रणका लागि पर्याप्त मात्रामा स्वयंसेवक तथा सुरक्षाकर्मीको परिचालनको व्यवस्था गर्न, खोप वा स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई कारबाही सँगै पिडित स्वास्थ्यकर्मी र संस्थालाई क्षतिपुर्तीको व्यवस्था गर्न लगायतका माग गरिएको छ । 

    bb.jpg

    प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १७:३५:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको