राष्ट्रव्यापी साइकल यात्रामा निस्किए दोलखाका अभिनय, खोटाङमा स्वागत 

राष्ट्रव्यापी साइकल यात्रामा निस्किए दोलखाका अभिनय, खोटाङमा स्वागत 

रोदिक खबर

७, माघ २०७८
  • 3.3K
    SHARES
  • राष्ट्रव्यापी साइकल यात्रामा निस्किए दोलखाका अभिनय, खोटाङमा स्वागत 

    साईकल यात्री अभिनय कार्कीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ । 

    खोटाङ । पर्यटन प्रवद्र्धन एबं लागू औषध विरुद्ध सचेतना फैलाउनका लागि दोलखा कालिञ्चोक गाउँपालिका–३ लामीडाँडा पोखरेका २२ वर्षीय युवा अभिनय कार्की राष्ट्रव्यापी साइकल यात्रामा निस्किएका छन् । ‘फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निमार्णका लागि युवाहरु एकजुट बनौं’ भन्ने मूल नाराका साथ तमु ल्होसारको दिन पारेर गत १५ पुसदेखि चरिकोटबाट राष्ट्रव्यापी साईकल यात्रा सुरु गरेका कार्की खोटाङ आइपुगेका छन् । 

    दोलखाबाट रामेछाप, सिन्धुली, ओखलढुंगा र सोलुखुम्बु हुँदै खोटाङ आइपुगेका साईकल यात्री कार्कीलाई जिल्ला समन्वय समितिकोतर्फबाट जिल्लामा स्वागत गर्दै सफलताको शुभकामना दिइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले खादा र अविर लगाइदिएर नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै साईकल यात्राको सफलताको कामना गरेका छन् । उनलाई विश्वसाईकल यात्रा सुरु गरेका खोटाङका कर्ण श्रेष्ठले पनि बधाई तथा शुभकामना दिएका छन् । 

    ‘विश्वभर सुख, शान्ति, संमृद्धि र राष्ट्रिय एकता’को कामना गर्दै आफ्नो जन्मदिनको अवशरमा गत ६ फागुन २०७७ देखि ३७ दिनमा पुर्व मेची–महाकाली पैदल यात्रा पुरा गरेका कार्की पुःन राष्ट्रव्यापी साईकल यात्रामा निस्किएका हुन् । दोलखा लगायतका पर्यटकीयस्थलको प्रचा प्रसार एवं ऐतिहासिक तथ्य संकलन र विकासका बारेमा युवा सहभागीताको लागि जागरण अभियान सञ्चालन गर्ने उद्धेश्यले साईकल यात्रा सुरु गरेको कार्कीले बताए । 

    करिब सय दिनमा ७७ वटै जिल्लामा पुगेर राष्ट्रव्यापी साईकल यात्रा पुरा गर्ने कार्कीको लक्ष्य छ । कतिपय विद्यालयमा पुगेर विद्यार्थीसँग फ्रष्टेसन, डिप्रेसन र लागू औषध दुव्र्यसनको समस्या र रोकथामका उपायबारे छलफल गर्ने गरेको कार्कीले जानकारी दिए । 


    प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १७:५०:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको