बिहिवार, कार्तिक १३ गते २०८३

बिरेनको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक  

बिरेनको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक  

रोदिक खबर

७, माघ २०७८
  • 2.7K
    SHARES
  • बिरेनको  नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक   
     
    काठमाडौं - 'खुसी उमङ्ग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका  अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्।  

    सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप घिमिरेको शब्द रहेको छ।  गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडीलाई राजा रानीको भूमिकामा प्रस्तुत गरिएको छ।  भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।  

    ताज प्लालेसमा  छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले  खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। भिडियोलाई  विकाश दाहालले सम्पादन गरेका हुन्।  निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत भिडियो  सार्वजनिक गरिएको हो।  
    भिडियो लिंक: https://youtu.be/TAU8nj65epA 

    प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १९:५०:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको