युएईबाट चाटर्ड उडानमा फर्किए १३ हजार ७०० नेपाली

युएईबाट चाटर्ड उडानमा फर्किए १३ हजार ७०० नेपाली

रोदिक खबर

१, भाद्र २०७७
  • 2.6K
    SHARES
  • युएईबाट चाटर्ड उडानमा फर्किए १३ हजार ७०० नेपाली

    भदौ १ सोमवार, २०७७
    यूएई । कोरोना संक्रमण फैलिएर अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा पनि संयुक्त अरब इमिरेट्स (यूएई) बाट हजारौँ नेपाली स्वदेश फर्किका छन् । जुन ११ देखि हालसम्मा यूएईबाट ८२ उडान भइसकेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।


    पछिल्लो दुई महिनामा युएईबाट १३ हजार ७८५ जना नेपालीले स्वदेश फर्कने अवसर पाएका हुन् । तर, यही संख्याभित्रका २६ जनाले भने जीवितरुपमा स्वदेशमा पाइला टेक्न पाएनन् । लकडाउनका बीच दूतावासले ८२ उडानमार्फत पठाएका यी नेपालीहरुमध्ये २६ जना भने रातो बाकसमा फर्कनु परेको हो ।

    मार्च तेस्रो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेकालाई भने सरकारले जुन महिनादेखि चार्टर उडान सञ्चालनमा ल्याएको थियो ।

    दूतावासले २८ अप्रिलबाट स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका नेपालीको विवरण संकलन सुरु गरेको थियो । दूतावासले अनलाइन रजिष्ट्रेशन फारम खुला गरेर विवरण संकलन गरेको हो ।

    हालसम्म ४२ हजार नेपालीले नेपाल जानका लागि फारम भरिसकेको बुधबार दूतावासले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । यसबाहेक दूतावासको इमेल र टेलिफोनमार्फत् नाम टिपाउनेको संख्या पनि पाँच हजारको हाराहारीमा छ।

    सरकारले तोकेको प्राथमिकताका आधारमा गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, विद्यार्थी तथा युएइमा रोजगारी गुमाएका लगायतलाई फर्काउने क्रम जारी रहेको दूतावासले उल्लेख गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १६:४७:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको