• ट्रेण्डिङ:

कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुग्यो

कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुग्यो

रोदिक खबर

१७, भाद्र २०७७
  • 2.2K
    SHARES
  • कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुग्यो

    काठमाडौं । नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ६ जना पुरुष र ६ जना महिला रहेका छन् ।

    मृत्यु हुने महिलाहरुमा चितवनकी २ जना ५५ र १८ वर्षीया, काठमाडौंकी ८९ वर्षीया, ललितपुरकी ७० वर्षीया, तनहुँकी २० वर्षीया, कपिलवस्तुकी ६० वर्षीया महिला रहेकी छिन् ।

    त्यस्तै मृत्यु हुने पुरुषहरुमा बाराका ९७ वर्षीय, चितवनका ६५ वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय, र धादिङका ४७ वर्षीय पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर  गौतमले जानकारी दिए ।

    यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १७:१०:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको