• ट्रेण्डिङ:

ऐसेलुखर्कका १० विद्यालयमा वालविकास केन्द्रको कोटा 

ऐसेलुखर्कका १० विद्यालयमा वालविकास केन्द्रको कोटा 

रोदिक खबर

२८, माघ २०७८
  • 5.6K
    SHARES
  • ऐसेलुखर्कका १० विद्यालयमा वालविकास केन्द्रको कोटा 


    खोटाङ, २८ माघ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले १० विद्यालयलाई प्रारम्भिक वालविकास केन्द्रको कोटा उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका ४३ विद्यालयमध्ये हालसम्म प्रारम्भिक वालविकास केन्द्र नभएका १० विद्यालयमा प्रारम्भिक वालविकास केन्द्रका शिक्षक नियुक्तीका लागि कोटा उपलव्ध गराउने निर्णय गरेको हो ।

    गाउँ कार्यापालिकाको बैठकको निर्णय अनुसार मासिक १५ हजार पाउनेगरी प्रारम्भिक वालविकास केन्द्रका शिक्षक नियुक्तीका लागि १५ दिने विज्ञापन आव्हान गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । प्रारम्भिक वालविकास केन्द्रका शिक्षक नियुक्ती लगत्तै १० विद्यालयमा प्रारम्भिक वालविकास केन्द्रको पठन–पाठन सुरु हुने गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ८ माविमा कार्यरत सहायक कर्मचारी र कार्यालय सहयोगीको तलव वृद्धि गरेको छ । मासिक १५ हजार पाउँदै आएका सहायक कर्मचारीको तलवमा मासिक ३ हजार र मासिक १५ हजार पाउँदै आएका कार्यालय सहयोगीको तलवमा मासिक १ हजार ५०० ले वृद्धि गरिएको हो ।

    कार्यबोझका आधारमा गत १ साउनदेखि लागू हुनेगरी माविमा कार्यरत सहायक कर्मचारी र कार्यालय सहयोगीको तलव वृद्धि गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । 
    यस्तै, गाउँपालिकाभरीका ४३ वटै विद्यालयका प्रअलाई मासिक ५०० का दरले सञ्चार खर्च उपलव्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । प्रअले गत १ साउनदेखि लागू हुनेगरी सञ्चार खर्च पाउने छन् । 

    प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - १०:३४:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको