खोटाङ । नेपाल निजामती कर्मचारी युनियनको प्रदेश १ अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष पदमा मानबहादुर वनले उम्मेद्वारी दिने घोषणा गरेका छन् । ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने नाराका साथमा फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने प्रदेश महाधिवेशनमा प्रदेश १ अध्यक्ष वनले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । युनियनको विधान अनुसार प्रदेश अध्यक्ष जितेमा स्वतः केन्द्रीय उपाध्यक्ष हुने व्यवस्था छ ।
युनियनका केन्द्रीय सदस्य तथा खोटाङको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनले सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह र सुझावपछि प्रदेश १ अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेको बताए ।सातै प्रदेशका सम्पूर्ण साथीभाईहरुको सल्लाह सुझाव पाए । प्रदेशका साथीहरु र टीमबाट समर्थन मिल्यो । वनले भने, ‘प्रदेशमा हिजो (आइतबार)टुंगो लागेपछि उम्मेद्वारी दिने घोषण गरेको हुँ ।
युनियनको संस्थागत विकासका लागि, युनियनलाई अरुभन्दा सबल, सक्षम र नेतृत्वदायी भूमिकामा पु¥याउन, आधिकारिक ट्रेड युनियनमा जित सुनिश्चितका लागि, सामाजिक सेवा प्रवाह, निजामती सेवाको गुणस्तर तथा अरुले भन्दा युनियनले दिएको सेवा सुविधा गुणस्तरीय बनाउन आफ्नो उम्मेद्वारी रहने उनले बताए ।
फागुन २१ देखि २३ गतेसम्म काठमाण्डौस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने प्रदेश र केन्द्रीय महाधिवेशनमा आफूलाई साथ, सहयोग गर्न र अमूल्य मत दिन वनले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।