एमाले निकट नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । जिल्ला समन्वय समितिको समिक्षालय हल दिक्तेलमा शनिबार सम्पन्न दोश्रो जिल्ला अधिबेसनबाट श्रेष्ठ स्वास्थ्यकर्मी संघ खोटाङकोे अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।
२५ सदस्यीय संघको उपाध्यक्षमा कैलाश अधिकारी, महिला उपाध्यक्षमा अनिता भट्टराई, सचिवमा रामप्रसाद आचार्य, सहसचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा शुशिला आचार्य (बस्तेत) चयन भएका छन् ।
यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, खोटाङले स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयसम्म सेवा गरेका रेवतीप्रसाद पाण्डे र पर्शुराम आचार्यलाई सम्मान गरेको छ । दोश्रो जिल्ला अधिबेसन उद्घाटनको अवसरमा पाण्डे र आचार्यलाई सम्मान गरिएको हो । आचार्यलाई मृत्यु पर्यन्त सम्मान गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ खोटाङले जनाएको छ ।
सम्मानित कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सह–संयोजक लेखनाथ कोइराला र प्रदेश–१ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले खादा ओढाएर सम्मान–पत्रसहित सम्मान गरेका छन् ।