• ट्रेण्डिङ:

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा राई 

नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा राई 

रोदिक खबर

१३, फाल्गुण २०७८
  • 5.0K
    SHARES
  • नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा राई 

    एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । जिल्ला समन्वय समितिको समिक्षालय हल दिक्तेलमा शनिबार राती सम्पन्न ११ औं अधिबेसनबाट राई संगठनको अध्यक्षमा सर्वसहमत चयन भएकी हुन् । २३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सहसचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् । 

    ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत (आचार्य), श्रृजना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई  सदस्य चयन भएका छन् ।

    अधिबेसनले मणीराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम वि.क. र रामप्रसाद आचार्यलाई केन्द्रीय प्रतिनिधि छानेको छ भने प्रदेश प्रतिनिधिमा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई चयन गरिएको संगठनका निवर्तमान अध्यक्ष मोहनकुमार भट्टराईले बताए ।

    nn.jpg

    यस्तै, २०४८  साउन १५ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकार विरुद्ध निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी भएवापत नोकरीबाट बर्खास्तीमा परेका नासु रामकाजी कार्की, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमय, पर्शुराम आचार्य र रेवती पाण्डे सम्मानित गरिएको संगठनले जनाएको छ ।

    नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सह–संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्य तथा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको विशेष आतिथ्यमा सम्पन्न भएको अधिबेसन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल, सचिवालय सदस्य विणादेवी राई, सदस्य गोमादेवी खत्री लगायत विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको संगठनले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - २३:२३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको