युक्रेनमा रहेका नेपालीलाई वर्लिन दूतावासको सुझाव– स्लोभाकिया, पोल्यान्ड वा हंगेरी हुँदै नेपाल फर्किनू

युक्रेनमा रहेका नेपालीलाई वर्लिन दूतावासको सुझाव– स्लोभाकिया, पोल्यान्ड वा हंगेरी हुँदै नेपाल फर्किनू

रोदिक खबर

१४, फाल्गुण २०७८
  • 5.2K
    SHARES
  • युक्रेनमा रहेका नेपालीलाई वर्लिन दूतावासको सुझाव– स्लोभाकिया, पोल्यान्ड वा हंगेरी हुँदै नेपाल फर्किनू

    काठमाडौं । युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीतर्फ जान आग्रह गरिएको छ । वर्लिनस्थित नेपाली राजदूतावासले स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीको सीमा खुला भएकाले त्यसतर्फ जान दूतावासले आग्रह गरेको हो ।

    दूतावासले मानवीयताको आधारमा स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनमा फसेका विदेशी नागरिकका लागि सीमा खुला गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    सम्पर्कका आएका नेपालीलाई सुरक्षित तवरले नेपाल फर्कन युक्रेन छोड्न र कुनै समस्या आए दूतावासलाई वा एनआरएनएलाई खबर गर्न पनि सुझाव दिइएको छ । दूतावासले हालसम्म युक्रेनमा १९३ जना नेपाली सम्पर्कमा आएको जानकारी दिएको छ ।(बाह्रखरी अनलाइनबाट ।)

    प्रकाशित मिति :फाल्गुण १४, २०७८ शनिवार - ०८:०६:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको