• ट्रेण्डिङ:

मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

रोदिक खबर

१८, भाद्र २०७७
  • 2.8K
    SHARES
  • मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

    जनकपुरधाम । सिरहामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सिरहाको धनगढीमाई नगरपालिका १० का ५१ वर्षीय दीपक कुमार पंजियार र सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

    सिरहा नगरपालिका ११ भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ जाँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल बुधबार राति सवा ७ बजेतिर आपसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    पंजियारलाई उपचारका लागि जिल्ला अस्पतालमा पठाएकोमा उनको उपचारकै क्रममा र ठाकुरलाई उपचारको लागि लहान तर्फ पठाएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ठाकुरले चलाएको मोटरसाइकलको पछाडि सवार सिरहा नगरपालिका ९ गुलरीयाका ३५ वर्षीय जितेन्द्र महरा भन्ने शिव कुमार महरा घाइते भएका छन् । उनको भुमिजा अस्पताल लहानमा उपचार भइरहेको छ । 

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०८:४४:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको