• ट्रेण्डिङ:

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

रोदिक खबर

१७, फाल्गुण २०७८
  • 2.9K
    SHARES
  • रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

    खोटाङ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका चार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय डोरमणी पोखरेल र कनककुमारी पोखरेलको स्मृतिमा छोरा÷छोरीले स्थापना गरेको प्रतिष्ठानले गाउँपालिका भरीका ७६ महिला स्वास्थ्य स्वयंसेविकामध्ये उत्कृष्ट चार जनालाई छनौट गरेर सम्मान गरेको हो । 

    दुर्गम ठाउँका सर्वसाधारणको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याएकामा रावाबेँसी गाउँपालिका–१ कुभिन्डेकी चेतना राई, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका खुमा श्रेष्ठ, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका बिमला भुजेल र रावाबेँसी गाउँपालिका–५ दुबेकोलकी रणदत्त पोखरेललाई जनही ७ हजारका साथमा सम्मान–पत्र प्रदान गरिएको छ ।

    आर्थिक तथा भौगोलिक कठिनाईका बावजुद पनि दुर्गमका सर्वसाधारणको स्वास्थ्य सेवामा पु¥याएको योगदानको कदर गर्दै प्रतिष्ठानले हरेक वर्ष उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिकालाई ‘कनकुमारी पोखरेल उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेबिका’ पुरस्कार प्रदान गर्दैआएको छ । 

    चार जनालाई छात्रवृत्ति 

    शारदा मावि खार्पामा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानले सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्र/छात्रालाई ‘डोरमणी पोखरेल छात्रबृत्ति’ प्रदान गरेको छ । छात्र÷छात्रा प्रमिला कट्वाल, चिजन मगर, रबिन मगर र रोजिना ठटाललाई जनही ७ हजार रुपैयाँको छात्रबृत्ति प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष रमेश पोखरेलले बताए ।

    शारदा माबिलाई सोही विद्यालयका पुर्वप्रअ बलराम पोखरेलले आफैले लेखेको ‘व्यक्ति एक दृष्टि अनेक’ र सोही वडाका साहित्यकार सर्मिला पोखरेलले आफुद्धारा लिखित ‘परदेशमा मेरो देश’ नामक पुस्तक हस्तान्तरण गरेका छन् । 

    प्रतिष्ठानका उपाध्यक्ष पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, शिक्षा शाखा संयोजक तिर्थराज दाहाल, स्वास्थ्य शाखा संयोजक राजकुमार रेग्मी लगायतको उपस्थिति थियो । 

    कनककुमारीको स्मृतिमा २०६५ सालमा स्थापना गरिएको साँढे पाँच लाखको अक्षय कोषबाट प्रतिष्ठानले प्रत्येक वर्ष शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

    निरक्षर भएर पनि आफ्ना सन्तानलाई सक्षम र सचेत बनाउन सफल भएका आमा कनककुमारीको सम्झनामा छोराहरु पुष्पमणी पोखरेल, डा. नारायणप्रसाद पोखरेल, पुर्वमन्त्री गिरीराजमणी पोखरेल, मुरारीमणी पोखरेल, केदारमणी पोखरेल, सुदेशमणी पोखरेल र छोरी सितादेबी ओझाले प्रतिष्ठान स्थापना गरेका हुन् । ‘डोरमणी पोखरेल छात्रबृत्ति’ पुरस्कार भने कनकुमारीको माईलो छोराको नाममा स्थापना गरिएको हो । 

    प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:२३:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको