• ट्रेण्डिङ:

दिप्रुङमा नागरिक आरोेग्य सेवा केन्द्र बिस्तार 

दिप्रुङमा नागरिक आरोेग्य सेवा केन्द्र बिस्तार 

रोदिक खबर

१७, फाल्गुण २०७८
  • 3.0K
    SHARES
  • दिप्रुङमा नागरिक आरोेग्य सेवा केन्द्र बिस्तार 

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सप्तेश्वर छितापोखरीको पञ्चमीबजारमा नागरिक आरोेग्य सेवा केन्द्र विस्तार गरेको हो । पञ्चमीबजारमा स्थापना गरिएको नागरिक आरोेग्य सेवा केन्द्र आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका हुन् । 

    कार्यालयमा एक जना वैध र एक जना कार्यालय सहयोगी नियुक्ती गरेर गाउँपालिकाले उपलव्ध गराएको स्थानबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो ।

    नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ्य जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दुध बद्र्धक औषधि वितरण, ज्येष्ठ नागरिकको स्वास्थ्य वद्र्धन गर्ने औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख अजयकुमार झाले बताए ।

    ‘विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलव्ध हुन्छ,’ झाले भने, ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ ।’ नागरिक आरोग्य सेवा केन्द्र उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, उपाध्यक्ष सपना राई लगायतको उपस्थिति रहेको थियो । 

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नम्बर १ स्वास्थ्य निर्देशनालय अन्तरगत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिसकेको छ । गत २८ बैशाखमा  ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, २४ बैशाखमा  केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजार, २७ जेठमा साकेला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको थियो । 

    प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ०८:३५:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको