शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

स्थानीयले बनाए सेभेन साइजको खेलमैदान 

स्थानीयले बनाए सेभेन साइजको खेलमैदान 

रोदिक खबर

२, चैत्र २०७८
  • 2.1K
    SHARES
  • स्थानीयले बनाए सेभेन साइजको खेलमैदान 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साईजको पर्शुराज राई बहुउद्धेश्यीय खेल मैदान निर्माण गरेका हुन् ।

    स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो । 

    भुतपुर्व बेलायती सेना पर्शुराज राईको परिवारले निःशुल्क उपलव्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौंडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साईजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो ।

    खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुःन उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलव्ध गराएकै कारण खेलमैदानको नाम पर्शुराज राई बहुउद्धेश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो । 

    स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लवका अध्यक्ष कृतमान राई लगायतको अगुवाईमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलव्ध गराउने पर्शुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ । 

    प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - १९:१०:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको