• ट्रेण्डिङ:

ढोरपाटन अपडेटः

बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव फेला

बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव फेला

रोदिक खबर

१८, भाद्र २०७७
  • 3.7K
    SHARES
  • बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने चारजनाको शव फेला परेको छ। ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहीन भएका थिए।

    उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन्।

    त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।

    पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०(३२ वर्षको पुरुषको शव फेला परेको छ। ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३५ वर्षका पुरूषको शव भेटिएको उनले बताए।

    त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २० वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२ वर्षका पुरूषको शव फेला परेको भण्डारी बताए। शवको सनाखत हुन सकेको छैन । प्रहरी भर्खरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले सङ्ख्या बढ्न सक्ने भण्डारीले बताए।नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दै छ ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०९:३८:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको