• ट्रेण्डिङ:

बाहुनीडाँडामा शहरी स्वास्थ्य केन्द्र

बाहुनीडाँडामा शहरी स्वास्थ्य केन्द्र

रोदिक खबर

५, चैत्र २०७८
  • 4.1K
    SHARES
  • बाहुनीडाँडामा शहरी स्वास्थ्य केन्द्र

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झाप्पामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । भौगोलिक रुपमा स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका, स्वास्थ्य संस्था पुग्न दुईरतीन घण्टा हिँड्नुपर्ने, स्वास्थ्य सेवाबाट बञ्चित रहेका नागरिकलाई लक्ष्यित गर्दै नगरपालिकाले झाप्पामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो ।

    स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा दिनेगरी औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको नगर स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

    शहरी स्वास्थ्य केन्द्र हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईले शुक्रबार उद्घाटन गरेका हुन् । ११ वडा रहेको नगरपालिकामा स्थापना गरिएको यो चौथो शहरी स्वास्थ्य केन्द्र हो ।

    eban.jpg

    स्थानीय तहको निर्वाचनअघि अर्खौलेको नवलपुर र दुर्छिमको हैदेमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएकामा निर्वाचित जनप्रतिनिधि आएपछि राजापानीको आहालेमा शहरी स्वास्थ्य केन्द्र विस्तार गरिएको थियो ।

    बृहत स्वास्थ्य शिबिर आयोजना
    यसैबीच, झाप्पामा शहरी स्वास्थ्य केन्द्र उद्घाटनको अवशरमा बृहत स्वास्थ्य शिबिर आयोजना गरिएको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने दुरदराजका सर्वसाधारणलाई लक्षित गर्दै एकदिने स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

    २३१ जनाले स्वास्थ्य सेवा लिएकामा आङ खसेका ७ महिलाको शरीरमा रिङ प्रेसरी राखिएको छ । १६ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दा कसैलाई पनि समस्या नदेखिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेले बताए । शिबिरमा दुई महिलाले परिवार नियोजन इम्प्लान्ट राखेका छन् ।

    नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड अस्पतालमा काम गरेर अन्यत्र सरुवा गइसकेका डा.कृष्णकुमार राउतको समन्वयमा स्वास्थ्य शिबिर सञ्चालन गरिएको हो ।

    शिबिरमा काठ्माण्डौंबाट चार जना र अस्थायी कोभिड अस्पतालमा हाल कार्यरत एक डाक्टरले सर्वसाधारणको चेकजाँच गर्नुका साथै औषधि वितरण गरेका थिए । डा. राउतकै समन्वयमा तीन लाख बराबरको औषधि वितरण गरिएको सह–संयोजक घिमिरेले बताए ।

    प्रकाशित मिति :चैत्र ५, २०७८ शनिवार - ०८:४७:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको