निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ खोटाङको अध्यक्षमा पुनः रमेश पौडेल (दिनेश) निर्बिरोध निर्वाचित भएका छन् । महासंघको बिहीबार दिक्तेलमा सम्पन्न ५ औं जिल्ला अधिबेशनबाट पौडेल निर्बिरोध चयन भएका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, उपाध्यक्षमा सुनिल राई र प्रकाश थापा, महासचिवमा दिलचक्र राई, सचिव (आन्तरिक) भिम राई, सचिव (नीतिगत) शशिकुमार राई, कोषाध्यक्षमा शरद राई र सहकोषाध्यक्षमा बिराज आचार्य चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा भीषण राई, यादवसेन राई, शरदचन्द्र राई, मैयाँ आचार्य, इन्द्रलक्ष्मी ताम्राकार, लालबहादुर बिक, कृष्ण बन्जरा, खिलराज श्रेष्ठ, जितेन राई, प्रदीप राई चयन भएका छन् । जोशेफ रिजाल, दिनेश गुरुङ, मिनुहाङ राई र मनिचन्द्र राई केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।