• ट्रेण्डिङ:

दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्च गठन  

दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्च गठन  

रोदिक खबर

१२, चैत्र २०७८
  • 8.3K
    SHARES
  • दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्च गठन  

    खोटाङ । खोटाङको ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्च गठन गरिएको छ । २०७६ सालमा तदर्थ समिति गठन गरिएकोमा शनिबार भएको पूर्व विद्यार्थीको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा दिक्तेल बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्च गठन गरिएको हो ।

    २१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल, सह–सचिवमा प्रभाष उदास र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् ।

    यस्तै, सपना राई, इरन राई, बम बानियाँ, गोबिन्दराज आचार्य, नारायण ढकाल, काजी बस्नेत, राजकुमार राई, खगेन्द्र राई, धनकुमार तामाङ, दिलकुमार खड्का पूर्व विद्यार्थी मञ्चको सदस्य चुनिएका छन् । बाँकी सदस्य क्रमशः थप हुने दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पूर्व विद्यार्थी मञ्चको तदर्थ समितिको अध्यक्ष पनि डा. सुवेदी नै थिए । 

    दिक्तेल बहुमुखी क्याम्पसको व्यवस्थापन, पव्लिक रिलेसन, इन्फर्मेसन एण्ड पव्लिकेसन कमिटिको संयोजनमा पूर्व विद्यार्थी मञ्चले पूर्व विद्यार्थीको भेला आयोजना गरेको हो । पूर्व  विद्यार्थी मञ्चले गठन लगत्तै आफ्नो विद्यान पारित गरेको छ ।

    दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न क्षेत्रको जिम्मेवारीमा रहेका पूर्व विद्यार्थीलाई क्याम्पससँग जोडेर क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्ने वातावरण बनाउने लक्ष्यका साथ पूर्व विद्यार्थी मञ्च गठन गरिएको हो ।

    मञ्चले क्याम्पस र पूर्व  विद्यार्थीबिचमा पुलको काम गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजालले बताए । दिक्तेल बहुमुखी क्याम्पस पुर्व विद्यार्थी मञ्चको भेलामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, हलेसी तुवाचुङ  नगरपालिकाकी उपप्रमुख बिमला राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष सपना राई, प्राध्यपक पूर्व विद्यार्थी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । भौतिक रुपमा उपस्थित हुन नसक्ने पूर्व विद्यार्थी भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए । 

    २०३७ सालमा त्रिविविबाट सम्वन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पसमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । हाल साँढे आठ सय विद्यार्थी अध्ययनरत क्यम्पसलाई क्यूएएको प्रक्रियामा अघि बढाइसकिएको क्याम्पस प्रमुख राईले बताए । 

     

    प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २०:४७:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको