शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए (कुन पालिकामा कसलाई तोकियो हेर्नुहोस ।)

खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए (कुन पालिकामा कसलाई तोकियो हेर्नुहोस ।)

रोदिक खबर

१४, चैत्र २०७८
  • 5.2K
    SHARES
  • खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए (कुन पालिकामा कसलाई तोकियो हेर्नुहोस ।)

    खोटाङ । स्थानीय तहको पहिलो पाँच वर्षे कार्यअवधि सकिन लाग्दा पुःन निर्वाचनको माहोल बढेको छ । राजनैतिक दलहरु चुनावी मैदानमा व्यस्त छन् भने निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेका छन् ।

    आसन्न स्थानीय तहको निर्वाचनकै पूर्वतयारीमा खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । आगामी ३० बैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार सूचना जारी गर्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जानकारी दिएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

    ऐसेलुखर्क गाउँपालिकाका लागि जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकाका लागि इलाका प्रशासन कार्यालय, साँखु, काठ्माण्डौंका उपसचिव राजकुमार राई, खोटेहाङ गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगा गाउँपालिकाका लागि महालेखा नियन्त्रक कार्यालय, काठ्माण्डौंका उपसचिव मानबहादुर मगर, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् । 

    यस्तै, बराहपोखरी गाउँपालिकाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश १ बिराटनगरका उपसचिव कोपिला राई, रावाबेँसी गाउँपालिकाका लागि सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्की, साकेला गाउँपालिकाका लागि नेपाल कानून आयोगका उपसचिव राजन नेपाल र हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुंगेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको आयोगको सूचनामा उल्लेख छ । 

    जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ०७:३५:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको