• ट्रेण्डिङ:

नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

रोदिक खबर

१७, चैत्र २०७८
  • 6.5K
    SHARES
  • नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ सप्तेश्वर छितापोखरीको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको बिहीबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले संयुक्त रुपमा उद्घाटन  गरेका हुन् ।

    करिव सय जना अट्ने सभाहल, वडाध्यक्ष, वडा सचिव र वडा कार्य समितिका सदस्य बस्ने चार कोठे भवन गाउँपालिकाबाट बिनियोजित २६ लाख १२ हजारको लागतमा निर्माण गरिएको वडा सदस्य अमृत गिरीले बताए । 

    भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताए । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्दै अध्यक्ष राईले विगतका वर्षमा गाउँपालिकामा निर्माणका धेरै कामहरु सम्पन्न भएको र आगामी दिनहरुमा आफु गाउँपालिकाको जनप्रतिनिधि भएपनि, नभएपनि गाउँपालिकाको विकासको निम्ति निरन्तर लागिपर्ने बताए । sa.jpg
    वडाध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा भएको भवन उद्घाटन कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष इन्द्रबहादुर बस्नेत, नेपाली काग्रेसका जिल्ला सदस्य डम्वर खड्का, कार्यपालिका सदस्य रमा खड्का लगायतको उपस्थिति रहेको वडा सदस्य  गिरीले बताए । 

    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १९:३३:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको