• ट्रेण्डिङ:

बागलुङ पहिरो अपडेट : पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो

बागलुङ पहिरो अपडेट : पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो

रोदिक खबर

१८, भाद्र २०७७
  • 2.9K
    SHARES
  • बागलुङ पहिरो अपडेट :  पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो, हराउनेको संख्या बढ्यो

    बागलुङ । ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरुको संख्या समेत थपिएको छ।

    ‘परिवारहरूका अनुसार अझै २७ जना बेपत्ता भएको जानकारी आएको छ,’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने, ‘यो संख्या अझै बढ्न सक्छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पनि हराउनेको संख्या ३० देखि ४० जनासम्म हुनसक्ने बताए।

    तटीय क्षेत्रमा पहिरोसहित भूजी खोलामा आएको बाढी पस्दा उनीहरु बेपत्ता भएका हुन्। घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको रेग्मीले जानकारी दिए। बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको उनले बताए। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १२:५२:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको