• ट्रेण्डिङ:

राहत सामग्री लिएर गृहमन्त्रीसहित बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गर्‍यो

राहत सामग्री लिएर गृहमन्त्रीसहित बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गर्‍यो

रोदिक खबर

१८, भाद्र २०७७
  • 3.6K
    SHARES
  • राहत सामग्री लिएर गृहमन्त्रीसहित बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गर्‍यो

    पोखरा । राहत सामग्री लिएर बागलुङका बाढी प्रभावितका लागि गएको गृहमन्त्री सहितको टोलि खराब मौसमका कारण पोखरामा ल्याण्ड गरेको छ। बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

    गृहमन्त्रीको सचिवालयका अनुसार नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो।

    बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर १३ जनाको मृत्यु भएको छ। सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा अझै २७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

    बातटीय क्षेत्रमा पहिरोसहित भूजी खोलामा आएको बाढी पस्दा उनीहरु बेपत्ता भएका हुन्। घटनास्थलमा फेला परेको शवको पहिचान हुन नसकेको रेग्मीले जानकारी दिए। बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको उनले बताए। घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेको छ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १३:२०:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको