• ट्रेण्डिङ:

सुत्केरी व्याथाले गम्भीर बनेकी आमाको हेलीकोप्टरबाट उद्धार

सुत्केरी व्याथाले गम्भीर बनेकी आमाको हेलीकोप्टरबाट उद्धार

रोदिक खबर

११, बैशाख २०७९
  • 4.3K
    SHARES
  • सुत्केरी व्याथाले गम्भीर बनेकी आमाको हेलीकोप्टरबाट उद्धार

    खोटाङ, ११ बैशाख । प्रसुती व्यथाका कारण गम्भीर बनेकी खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी २९ वर्षीय बिमला थापा राईलाई हेलीकोप्टरबाट अस्पताल लगिएको छ ।

    गर्भमा जुम्ल्याहा बच्चा रहेकी बिमलाले शनिबार साँझ ५ः२० बजे छोरी जन्माएको तर नवजात शिशुको शरीरमा अक्सिजनको कमी देखिएको तथा १६ घण्टा बित्दा समेत दोश्रो बच्चा नजन्मिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि हेलीकोप्टरमार्फत अस्पताल लगिएको हो । आइतबार होलीकोप्टरमा राखेर प्रशुतीगृह थापाथली पु¥याइएका बिमलाले शल्यक्रीया मार्फत छोरालाई जन्म दिएकी छन् ।

    सुत्केरी व्याथा लागेपछि बिमलालाई शनिबार दिउँसो १ बजे प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा भर्ना गरिएको थियो । एउटा बच्चा जन्माए पनि दोश्रो बच्चा लामो समयसम्म नजन्मिदा गर्भवतीको अवस्था नाजुक भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट अस्पताल पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रकी सिअहेव निर्मला शर्माले बताईन् ।

    जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।

    प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव बेदनाले छट्पटिरहेका गर्भवतीको उद्धारका लागि हेलीकोप्टर पठाएको थियो । ‘उहाँको गर्भमा जुम्ल्यहा बच्चा रहेछ । हिजो साँझ छोरी जन्माउनु भयो तर अर्को बच्चा जन्माउन सक्नु भएन,’ सिअहेव शर्माले भनिन्, ‘जन्मिएको बच्चालाई अक्सिजन कम भयो । लामो समयसम्म अर्को बच्चा जन्माउन नसक्दा उहाँलाई गा¥हो भयो । त्यही भएर काठ्माण्डौं पठाइएको हो ।’

    स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट दर्जनौं गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २२:४९:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको