• ट्रेण्डिङ:

'जीवन'को साथमा आए चन्द्र लावार ( भिडियो ) 

'जीवन'को साथमा आए चन्द्र लावार ( भिडियो ) 

रोदिक खबर

१२, बैशाख २०७९
  • 3.3K
    SHARES
  • 'जीवन'को साथमा आए चन्द्र लावार ( भिडियो ) 
    काठमाडौं – जिन्दगीको यथार्थलाई समेटिएको गायक चन्द्र लावारको  स्वरमा समावेश 'जीवन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।  गीतका  शब्द शिव चम्ल्गाईले लेखेका हुन्।

    म्युजिक भिडियोमा  पुरन, रायना र सुनिताको अभिनय रहेको छ।  अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त रुपमा सम्पादन गरेका हुन्।  जमन बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायक लावारको युट्युव च्यानल 'चन्द्र लावार' मार्फत भिडियो सार्वजनिक भएको हो।

    यसअघि गायक लावारको स्वरमा समावेश 'किन होला' 'एकै नजर' बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।  हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्। 

    भिडियो लिंक: https://youtu.be/JAE2aJmJvbk

    प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २१:४७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको