खोटाङ, १३ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ७ जना र उपमेयरमा ५ जनाको उम्मेद्वारी दर्ता भएको छ । कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेद्वारी दर्ता भएको छ ।
यस्तै, जसपाबाट मेयरमा अञ्जिल राई, राप्रपाबाट मेयरमा छत्र पुरी र उपमेयरमा एबिना राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा दिनेश राई र नेकपा एकीकृत समाजवादीकोतर्फबाट उपमेयरमा भूमीराज राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताईन् ।
११ वडा रहेको नगरपालिकामा वडाध्यक्षमा ३९ जना, महिला वडा सदस्यमा ३२ जना, दलित महिला सदस्यमा ३१ जना र खुला सदस्यमा ६६ जनाको उम्मेद्वारी परेको छ ।
कांग्रेसका मेयरमा उम्मेद्वार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी भएकी थिईन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेद्वार बनेका राई सो पार्टीका केन्द्रिय निर्वाचन आयोगको सदस्य छन् ।