शुक्रवार, भाद्र २६ गते २०८३

मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक

मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक

रोदिक खबर

२७, बैशाख २०७९
  • 4.7K
    SHARES
  • मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक

    खोटाङ, २७ बैशाख । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसार पसार, विक्री वितरण तथा सेवनमा रोक लगाएको छ ।

    आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने व्यवस्थाका लागि प्रशासनले मंगलबार राती १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि जिल्लाभित्र मादक पदार्थ ओसार पसार, विक्री वितरण र सेवन कार्य नगर्न÷नगराउन भनेको हो ।

    प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसार पसार, विक्री वितरण र सेवनमा कडाइ गरिएको उल्लेख छ । 

    प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राती १० बजेसम्म सुरक्षा निकाय, एम्बूलेन्स, दमकल, विद्युत सेवा, अस्पताल सेवा, शव बाहन, दुरसञ्चार सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधन बाहेकका अन्य सवारी साधनहरु सञ्चालन गर्न नदिइने जनाएको छ । 

    प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २१:३१:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको