शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङ चुइचुम्मा र रावावेशीमा कांग्रेस र बराहपोखरी र केपीलासगढीमा एमालेको अग्रता

दिप्रुङ चुइचुम्मा र रावावेशीमा कांग्रेस र बराहपोखरी र केपीलासगढीमा एमालेको अग्रता

रोदिक खबर

३१, बैशाख २०७९
  • 6.0K
    SHARES
  • दिप्रुङ चुइचुम्मा र रावावेशीमा कांग्रेस र बराहपोखरी र केपीलासगढीमा  एमालेको अग्रता

    ३१ वैशाख, खोटाङ । खोटाङको १० स्थानीय तहमध्ये पाँच स्थानीय तहको मत गणना शुक्रबार रातिदेखि जारी छ । पाँच पालिकाको गणना  केहीबेरपछि सुरु हुँदैछ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको अग्रता लिएको छ । ५००  मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले २२१, उपाध्यक्षका उम्मेदवार रमा कटवालले २१८, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले १३५ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले १३५, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले १०८ र उपाध्यक्षका उम्मेदवार अरुणा थापा मगरले १०४ मत ल्याएका छन् ।

    दिप्रुङमा शुक्रबार राति १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए ।

    केपिलासगढी गाउँपालिका

    केपिलासगढी गाउँपालिका–१ फेदीबाट गणना सुरु भएको छ । हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेका निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

    बराहपोखरी गाउँपालिका

    बराहपोखरी गाउँपालिकाको अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । एमालेकी उम्मेदवार गोमादेबी मगरले ७५ र नेपाली कांग्रेसका शालिकराम बञ्जराले ६० मत पाएका छन् । बराहपोखरी गाउँपालिकामा शुक्रबार राति २ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृत कोपिला राईले बताईन् ।

    रावाबेँसी गाउँपालिकामा

    रावाबेँसी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०० मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार फटिककुमार श्रेष्ठले २०१ मत पाएका छन् । माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार लिलानारायण श्रेष्ठले १९५, एमालेका अध्यक्षका उम्मेदवार हरिकुमार पोखरेलले १२७ र उपाध्यक्षका उम्मेदवार कौशिलाकुमारी गुरुङले १३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ ।  जन्तेढुंगा गाउँपालिकामा रातिबाटै मत गणना जारी छ ।

    साकेला गाउँपालिकाको मत गणना सुरु भएको छ । बिहान साँढे नौ बजेदेखि गणना सुरु भएको हो । 
    जन्तेढुंगा गाउँपालिकामा रातिबाटै मत गणना जारी छ । खोटेहाङ गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा पनि आजैदेखि मत गणना सुरु गर्ने तयारी भनिएको छ ।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १०:०६:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको