शुक्रवार, भाद्र २६ गते २०८३

जन्तेढुंगा–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई र बराहपोखरी -५ पौवासेरामा एमालेका फौदराज राई विजयी

जन्तेढुंगा–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई र बराहपोखरी -५ पौवासेरामा एमालेका फौदराज राई विजयी

रोदिक खबर

३१, बैशाख २०७९
  • 3.9K
    SHARES
  • जन्तेढुंगा–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई  र बराहपोखरी -५ पौवासेरामा एमालेका  फौदराज राई विजयी

    खोटाङ, ३१ बैखाख । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा गठबन्धनकातर्फबाट उठेका माओवादी केन्द्रका केदारमान राई विजयी भएका छन् । उनले ४५९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    एमालेका बलराम राईले ४५१ मत प्राप्त गरे । एमालेका बलरामलाई ९ मतले हराएर गठबन्धनका राई केदारमान निर्वाचित भएका हुन्। वडा सदस्यमा एमालेबाट १ जना र अन्य गठबन्धनबाटै निर्वाचित भएका छन् । 

    यस्तै, बराहपोखरी गाउँपालिका वडा नं-५ पौवासेरामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार फौदराज राईको  प्यानल नै बिजयी भएका छन् । उनले ४६४  मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धनका  वडा अध्यक्षका उम्मेदवारले ३०३ मत प्राप्त गरे ।

     

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १५:१८:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको