खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा नेपाली कांग्रेसका उम्मेदवार केशव खत्रीको प्यानलनै विजयी भएको छ । खत्रीले ३९२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका राजेन्द्र राईले ३८० मत प्राप्त गरे भने नेकपा एमालेका दिपबहादुर खत्रीले ३४४ मत पाए । सदस्यहरुमा पनि नेपाली काग्रेसको प्यानल नै निर्वाचित भएको छ ।

जसमा खुल्ला सदस्यमा धुम्वबहादुर कार्की र विदुर खत्री, महिला सदस्यमा कला राई, दलित महिला सदस्यमा शर्मिला वि.क. निर्वाचित भएका छन् ।
यस्तै, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । जस्मा १२३२ मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ५४९, उपाध्यक्षका उम्मेदवार रमा कटुवालले ५३५, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ३६३ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ३५२, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले २४२ र उपाध्यक्षका उम्मेदवार अरुणा थापामगरले २३८ मत ल्याएका छन् ।