शुक्रवार, भाद्र २६ गते २०८३

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको अग्रता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको अग्रता

रोदिक खबर

३१, बैशाख २०७९
  • 4.9K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको अग्रता

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। वडा नं १ को १५४ मत गणना गर्दा प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थराज भट्टराईले ८१ मत ल्याउँदा एमालेका कुमार आचार्यले ६० मत पाएका छन्। 

    उपप्रमुखमा माओवादीका विशन राईले ८० मत र एमालेका विणादेवी राईले ४६ मत ल्याएकी छन्। वडा नं १ को अध्यक्षमा कांग्रेसका नवराज राईले ८५ र एमालेका गोपालचन्द्र आचार्यले ५२ ल्याएका छन्। 

    यो नगरपालिकामा यसअघि एमालेले जितेको थियो। तर अहिले गणना भइरहेको वडामा भने यसअघि पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १८:३६:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको