शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धनको अग्रता

खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धनको अग्रता

रोदिक खबर

३१, बैशाख २०७९
  • 3.7K
    SHARES
  • खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धनको अग्रता

    खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ। अध्यक्षमा नेपाली कांग्रेसका फटिककुमार श्रेष्ठले ४१९ मत पाउँदा एमालेका हरिकुमार पोख्रेलले ३३६ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादीका लीलानारायण श्रेष्ठले ४५७ र एमालेकी कौशिलाकुमारी गुरुङ २९९ मत पाएकी छन्।  यो पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छ। 

    यहाँ जनता समाजवादी पार्टी गठबन्धनमा सामेल छैन। अध्यक्षमा समाजवादीका मोहन गुरुङले ४४ र उपाध्यक्षमा झुमा नेपालले ३ मत ल्याएकी छन्। 

    यसअघिको चुनावमा यो पालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १८:४४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको