शुक्रवार, भाद्र २६ गते २०८३

खोटेहाङ गाउँपालिकामा गठबन्धनको अग्रता

खोटेहाङ गाउँपालिकामा गठबन्धनको अग्रता

रोदिक खबर

३१, बैशाख २०७९
  • 3.2K
    SHARES
  • खोटेहाङ गाउँपालिकामा गठबन्धनको अग्रता

    खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनले झिनो अग्रता लिएको छ। अध्यक्षमा एमालेका उम्मेदवारलाई ३ मतले र उपाध्यक्षमा २३ मतले पछि पारेका हो। ३ सय मत गणना गर्दा माओवादीका उदिमबहादुर राईले १२१ र एमालेकी कविता राईले ११८ मत पाएकी छन्।

    कविता निवर्तमान उपाध्यक्ष समेत हुन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश राईले १२५ मत ल्याउँदा एमालेका राजन बञ्जराले १०२ मत ल्याएका छन्। यसअघि उक्त पालिका एमालेले जितेको थियो। यो एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिका पनि हो।

    प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १९:०६:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको