शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँको वडाध्यक्षमा कांग्रेसका बद्री कटुवाल विजयी 

दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँको वडाध्यक्षमा कांग्रेसका बद्री कटुवाल विजयी 

रोदिक खबर

१, जेठ २०७९
  • 2.5K
    SHARES
  • दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँको वडाध्यक्षमा कांग्रेसका बद्री कटुवाल विजयी 

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा नेपाली कांग्रेसका उम्मेदवार बद्री कटुवाल वडाध्यक्षमा विजयी भएका छन् । कटुवालले ३४१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका केदार परियारले २९० मत प्राप्त गरे भने नेकपा एमालेका भीमबहादुर खत्रीले २८६ मत पाए । एमालेका भीमबहादुर निवर्तमान वडाध्यक्ष हुन् । 

    कांग्रेसले एक खुल्ला वडा सदस्य र महिला सदस्य जितेको छ भने एक खुल्ला वडा सदस्य र दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रले जितेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस्तै, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । जसमा २२५७ मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ९२२, उपाध्यक्षका उम्मेदवार रमा कटुवालले ९१८, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६१३ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ५६९, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ५३२ र उपाध्यक्षका उम्मेदवार अरुणा थापामगरले ५३४ मत ल्याएका छन् ।

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०५:४०:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको